मानव साङ्लो कार्यक्रममा सहभागिता सम्बन्धमा ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार ०९:४७
मानव साङ्लो कार्यक्रममा सहभागिता सम्बन्धमा ।

नेपाल सरकारद्धारा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजीको विषय, विधेयक परिमार्जनसहित संविधान संशोधन, आदिवासी जनजातिहरूको संरक्षित, विशेष र स्वायत्त क्षेत्रहरूको निर्धारण एवं गाँउपालिका तथा नगरपालिका सिमा निर्धारण गरिँदा आदिवासी जनजातिहरूको सघनतालाई टुक्राइएको तथा नामाङ्कनमा आदिवासी जनजातिहरूको पहिचानलाई समेत मेटाइएको, आदिवासी जनजाति आन्दोलनसँग गरिएका सम्झौताहरू क्रियान्वन र आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि नेपाल आदिवासी जनजाति महासंघ र यसका घटक तथा सम्बन्धन संस्थाहरूले २०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गते सम्मको पहिलो चरणको आन्दोलन घोषणा गरेको पुनः स्मरण गराउँदछौं ।

पहिलो चरणको आन्दोलनअन्तर्गत भोलि २०७३ चैत्र १२ गते शनिवार काठमाडौंमा, जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय, नगर, गाविसका कार्यालय परिसर र विदेशमा दुतावास अगाडि मानव साङ्लो कार्यक्रम रहेको हुदाँ नेपाल छन्त्याल संघ तथा सम्बद्ध संस्थाबाट बृहत सहभागीता सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
तपशिल
मिति ः २०७३ चैत्र १२ गते । (शनिबार)
स्थान ः माईतिघर मण्डला, काठमाण्डौ
समय ः दिउँसो ठीक १२ः३० बजे देखि ३ः०० बजेसम्म ।
बलमान छन्त्याल
(महासचिव)

ऐतिहासिक तस्बीरहरू