छन्त्यालसंघद्वारा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि जनाउन लागेका छन्त्याल खेलाडीलाई विदाई

प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार ०३:११
छन्त्यालसंघद्वारा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि जनाउन लागेका छन्त्याल खेलाडीलाई विदाई

काठमाण्डाै  ३१ भदौ । नेपाल छन्त्याल सघं केन्द्रीय समितिद्वारा छन्त्याल जातिबाट तुर्किमेनीस्तानको अस्गावत सहरको हुन गइरहेको पाचौ इन्डोर एन्ड मार्सलआर्ट खेलकुद प्रतियोगितामा सहभागी हुन जान लागेका दुर्इ खेलाडीलाई शुभकामना दिंदै विदाई गरेको छ ।

नेपाल कुरात सघं नेपालबाट सहभागि दिपक छन्त्याल र अस्मिला छन्त्याललाई नेपाल छन्त्याल सघं केन्द्रीय कार्यलय मनमैजु काठमाडाैमा एक कार्यक्रम बिच बधाई तथा शुभकामना दिदै बिदार्इ गरिएको हो ।

मनमोहन छन्त्यालको अध्यक्षता, महासचिब बलमान छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा मनमयाँ छन्त्यालले स्वागत तथा शुभकामना मन्तव्य र अध्यक्ष मनमोहन छन्त्यालले सफल भएर अाउनकाे लागि अग्रिम शुभकामना दिनुभएकाे थियाे। सो अबसरमा खेलाडीहरुलाई बिजयी शुभकामना सहित खादा र मालाले विदाई गरिएको थियो ।

ऐतिहासिक तस्बीरहरू