‘छन्त्याल खाम भाषा’काे मस्यौदा पाठ्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार १०:३४
‘छन्त्याल खाम भाषा’काे मस्यौदा पाठ्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख ५, पाेखरा कास्की,

नेपाल छन्त्याल संघ, केन्द्रीय समितिले हिजाे बैशाख ४ गतेकाे दिन  ‘छन्त्याल खाम भाषा’काे पाठ्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । साे कार्यक्रमकाे सभापति केन्द्रीय अध्यक्ष मनमाेहन वुढाथाेकी छन्त्यालले गर्नुभएकाे थियाे । विशिष्ट अतिथिहरू नेपाल अादिवासी जनजाति महासंघका उपाध्यक्ष गाेविन्द डाँडामारे र ने.छ.संघ संरक्षक परिषद् संयाेजक मनिचन घरब्जा हुनुहुन्थ्याे भने संरक्षक परिषद् सदस्य चित्रबहादुर घरब्जा र इन्द्जीत भलञ्जा, सल्लाहकार बम बहादुर घरब्जा समेत अतिथि रहेकाे साे कार्यक्रमकाे सञ्चालन केन्द्रीय महासचिव बलमान घरब्जा छन्त्यालले गर्नुभएकाे थियाे । कार्यक्रममाे स्वागत मन्तव्य कास्की जिल्ला अध्यक्ष भक्त बहादुर घरब्जाले दिनुभए पछि केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयाेजक मनमाया भलञ्जाले कार्यक्रमकाे अावश्यकता र अाैचित्यकाे बिषयमा प्रष्ट्याउनुभएकाे थियाे । संरक्षक परिषद् सदस्य इन्द्रजीत भलञ्जाले प्रस्तुत गर्नुभएकाे नयाँ शब्दहरू र पाठ्यक्रम तयारी संयाेजक देउ कुमारी भलञ्जाले पाठ्यक्रम प्रस्तुत गर्नुभर्इ बृहत अन्तरक्रिया र छलफलबाट शब्दकाेषमा रहेकाे नयाँ शब्दहरूलार्इ भाषा बाेल्ने गाउँबाट सुझाव संकलन गरी प्रकाशन गर्ने र पाठ्यक्रमकाे लागि १३ गते भित्र तयार पार्ने गरी  इन्द्रजीत भलञ्जानकाे नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरियाे । अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण भाषा बाेल्ने गाउँहरूबाट प्रतिनिधित्व रहेता पनि अझै शुश्म अध्ययन गरी साे कार्यदलले सुझाव सहित केन्द्रीय समितिमा पेश गर्नेछ ।

कार्यक्रममा अतिथिकाे अासनबाट सल्लाहकार बम बहादुर घरब्जा, संरक्षण परिषद् संयाेजक मनिचन घरब्जा र ने.अा.ज.जा. महासंघका उपाध्यक्ष गाेविन्द डाँडामारेले बाेल्नुभएकाे थियाे । अन्तमा कार्यक्रमकाे सभापतिले पाठ्यक्रम तयार भए लगत्तै अनाैपचारिक भाषा कक्षा सञ्चालन हुने जानकारी दिंदै कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे ।

ऐतिहासिक तस्बीरहरू