नेपाल छन्त्याल संघकाे सातौ राष्ट्रिय महाधिवेशन

प्रकाशित मिति: ६ चैत्र २०७८, आईतवार १०:३६
नेपाल छन्त्याल संघकाे सातौ राष्ट्रिय महाधिवेशन

हार्दिक अपिल

पहिचान र अधिकारका लागि संविधान संशोधन हाम्रो अभियान !

ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन !!

आदरणीय छन्त्याल दाजुभाई तथा दिदीबहिनीहरु
देशदेखि विदेशसम्मका सम्पूर्ण छन्त्यालहरूको प्रतिनिधिमूलक एक मात्र साझा संस्था नेपाल छन्त्याल संघ हो । ‘छन्त्याल जाति हित समिति’ (सन् १९७९) हुँदै जातीय पहिचान, उत्थान र हितका निम्ति सम्वत् २०४३ मा काठमाडौं उपत्यकामा अस्थायी र स्थायी बसोबास गर्ने छन्त्यालहरूको सक्रियतामा ‘छन्त्याल परिवार संघ’को स्थापना भएको थियो । सन् १९९६ को पहिलो महाधिवेशनपश्चात् ‘छन्त्याल परिवार संघ’लाई परिवर्तत गरी ‘नेपाल छन्त्याल संघ’ नामाकरण गरियो । संघ आप्mनो स्थापनाकालदेखि आदिवासी जनजाति आन्दोलनले उठाएका मुद्धाहरूलाई आत्मसात गरी निरन्तर क्रियाशील छ ।
‘छन्त्याल परिवार संघ’को नाममा सम्वत् २०४९ (द.नं. ३६१/०४८/०४९) देखि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संघसंस्था दर्ता ऐन, २०३४ मुताबिक आधिकारिक रुपमा दर्ता भएको थियो । तर सम्वत् २०५२ मा जि.प्र.का. काठमाडौंबाट नै नाम परिवर्तन गरी ‘नेपाल छन्त्याल संघ’ को रुपमा यसले कार्य सम्पादन गरिरहेको छ । नेपाल सरकार समाज कल्याण ऐन, २०४९ बमोजिम सम्वत् २०५२/०१/०३ देखि समाज कल्याण परिषद्मा आबद्ध समेत भएको छ । नेपाल आदिवासी जनजाति महासंघको स्थापना सम्वत् २०४७ को शुरुवाती चरणदेखि नै सदस्य संगठनको रुपमा यसको उपस्थिती र सक्रियता रहेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ अनुसार सूचिकृत आदिवासी जनजातिहरू मध्ये ‘छन्त्याल’ पनि एक भएकोले प्रतिष्ठानको सञ्चालक परिषदको एक जना सदस्य सिफारिश गर्ने अधिकारसम्पन्न संस्थाको रुपमा समेत छन्त्याल संघ रहेको छ । जातिको हक, अधिकार र पहिचानका लागि प्रतिबद्ध भई संघले निरन्तर कार्य गरिरहेको छ । छन्त्याल जातिको इतिहास, भाषा, धर्म, संस्कृति, कला, साहित्य, भूमि, भूक्षेत्र आदिको संरक्षण र सम्र्बद्धनमा संघ प्रतिबद्ध छ ।
छन्त्यालहरूको सघन बसोबास भएका प्रदेश नं. ३, ४, ५ मा प्रदेश समितिहरू, बागलुङ, म्याग्दी, गुल्मी, सुर्खेत, मुस्ताङ काठमाडौं, कास्की, रुपन्देही, दाङ जिल्लाहरूमा संघमातहत ९ वटा जिल्ला समितिहरू, गाउँ/नगर/महानगर समितिहरु, ७३ वटा भन्दा बढी प्रारम्भिक गाउँ समितिहरू र विधानतः गठित विभिन्न समितिहरू क्रियाशील छन् । केन्द्रीय स्तरका ४ वटा भातृ संगठनहरूः छन्त्याल युवा संघ, छन्त्याल महिला संघ, छन्त्याल विद्यार्थी संघ, छन्त्याल अनुसन्धान केन्द्र रहेका छन् । रोजगार र अवसरका लागि स्थायी र अस्थायी रुपले संसारभरका विभिन्न विदेशहरूमा समेत छन्त्याल संघसंस्था वा संयन्त्रहरू क्रियाशील छन् । बेलायत, अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, हङकङ, जापान, बेल्जियम, पोर्तुगल, दुबईलगायतका देशहरूमा छन्त्याल संस्थाहरू गठन भई छन्त्यालको हित, उत्थान, विकास, पहिचान र अधिकारका लागि कार्य गरिरहेका छन् ।
नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ अनुसार नेपालका सूचिकृत ५९ आदिवासी जनजातिमध्ये छन्त्याल जाति एक हो । सरकारी मानवीय विकास सूचाङ्क–२०५८ को आधारमा नेपाल आदिवासी जनजाति महासंघद्वारा वर्गीकृत ‘सुविधा वञ्चित समूह’मा पर्ने एक आदिवासी जनजाति हो, छन्त्याल । छन्त्यालहरूको आदिम ऐतिहासिक थातथलो पश्चिम नेपालको धौलागिरि हिमालको पूर्व–दक्षिण–पश्चिम र काली गण्डकी नदी उपत्यकाको भूभाग भएको देखिन्छ ।
छन्त्याल जाति र खानीबीच ऐतिहासिक सम्बन्ध रहेको छ किनकि छन्त्यालहरूको इतिहास तामा खानीसँग जोडिएको छ । नेपालको खानीको इतिहासमा पश्चिम नेपालको ‘उपल्लो बाइसखानी’ छन्त्यालहरूले सञ्चालन गर्दथे । छन्त्यालहरूको बस्तीहरूमा तामा खानी खनेका÷चलाएका सुरुङ (खानीको दुलो÷प्वाल)का अवशेषहरू अहिले पनि जीवित छन् । साथै अधिकांश छन्त्याल गाउँबस्तीहरूको नामको पछाडि ‘खानी’ शब्द जोडिएर थातथलो÷गाउँहरूका नाम बनेका छन् ।
छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति, प्रथाजनित कानुनलगायत रहेका छन् । जसले जातिको इतिहास, पहिचान, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक विषयवस्तुमाथि गहिराइमा पुग्न आधार तयार पार्दछ । छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ः खड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्गे ।
छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ । बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ । छन्त्यालको जनसङ्ख्या ६,५६५ महिला र ५,२४५ पुरुष गरी कुल ११,८१० रहेका छन् । जसमध्ये बागलुङमा ३,९७८ (३५.४१) र म्याग्दीमा ३,८८९ (३४.६१) गरी कुल ७,८६७ (७०.०२) को सङ्ख्यामा दुईवटा जिल्लामा मात्र बसोबास गर्दछन् । छन्त्याल भाषा बोल्ने वक्ताको सङ्ख्या महिला २,४५८ र पुरुष १,८२५ गरी ४,२८३ (३६.२७) रहेका छन् । सन् २०११ को तथ्याङ्क अनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ रहको छ भने यस जातिको साक्षरता प्रतिशत ७२.७ रहेको छ ।
आदरणीय छन्त्याल बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु नेपाल छन्त्याल संघ एउटा ऐतिहासिक विरासत बोकको संस्था हो । यस संस्थाको पहिलो, दोश्रो, तेस्रो, चौथौ, पाँचौं गरी छैठौ राष्ट्रिय महाधिवेशन २०७३ पौष १५,१६,१७ गते पोखरामा सम्पन्न भएको कुरा यहाँहरुलाई सर्वविदित नै छ ।
यस कार्यसमितिले यस अवधिमा छन्त्यालहरुको विकास, पहिचान, सहजिकरण, अधिकार प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्यो । यस अवधिमा विभिन्न रोगबाट ग्रसित भएर उपचार खर्च जुटाउन नसकी पिडित भएका छन्त्यालहरुलाई, आकस्मीक दुर्गघटनाबाट पिडित छन्त्यालहरुलाई आर्थिक सहयोग जुटाउन अग्रनी भूमिका खेल्यो । यस समितिले विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपश्चात १४ महिनाको निम्ति पाईलट प्रोजेक्टको रुपमा “आदिवासी नेभिगेटर परियोजना” पनि सम्पन्न गरेको छ । यस समितिबाट संञ्चालन भएको अक्षयकोषको रकम बृद्धि गरी थप अक्षयकोष स्थापना गरेको छ । छन्त्याल जातिको संस्कारलाई एकरुपता ल्याउने उद्देश्यले “छन्त्याल जातिको जीवन चक्रीय संस्कार विधि” प्रकाशन गरी महाधिवेशनमा वितरण गरिने भएको छ । भाषाको क्षेत्रमा अनौपचारीक कक्षा सञ्चालनको लागि पाठ्यक्रम तयार गरी महाधिवेशन अवधिसम्म पाठ्यपुस्तक तयारीमा जुटेको छ ।
यस समितिको विधान अनुसार समयावधि पुगिसकेको हुनाले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु प्रमुख दायित्व महशुस गरी महाधिवेशनको तयारीको अन्तिम चरणमा जुटिरहेको अवस्थामा कोभिड १९ कोरोना भाइरसको महामारीले देश नै लकडाउनमा फस्यो । यही कोरोना महामारीको कारण २ बर्षसम्म संघको गतिविधिमा पूर्णतः रोक लाग्यो । त्यस समयमा कोभिड सम्बन्धित गतिविधिमा मात्र सिमित हुनुप¥यो । संघले कोभिडको संक्रमणकालमा पनि विपन्न छन्त्यालहरुलाई राहतको कार्यक्रमहरु पनि सम्पन्न गरेको छ । कोभिडबाट केही सहज परिस्थिति सृजना भए पश्चात फेरी रोकिएको महाधिवेशनलाई निरन्तरता दिई सम्पन्न गर्ने जमर्कोमा हामी लागी परिरहेका छौं । यही २०७८ चैत्र महिनाको २५ र २६ गते सम्पन्न हुने सातौं राष्ट्रिय महाधिवेशनमा बहालवाला के.स. का पदाधिकारी, सदस्य, संंरक्षक परिषद, सल्लाहकार हरु सबै स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन । राष्ट्रिय महाधिवेशनमा प्रत्येक भातृसंगठनबाट २/२ जना महिला प्रतिनिधि सहित ७÷७ जना प्रतिनिधि, प्रत्येक प्रदेश समितिबाट २/२ जना महिला प्रतिनिधि सहित ५/५ जना प्रतिनिधि, जिल्ला समिति बाट २/२ जना महिला प्रतिनिधि सहित ५/५ जना प्रतिनिधि, प्रत्येक महानगर/उपमाहानगर/नगर/गाउँपालिका समितिबाट १/१ जाना महिला प्रतिनिधि सहित ३/३ जना प्रतिनिधि र प्रत्येक प्रा.स. वाट महिला प्रतिनिधि १/१ जना सहित २/२ जना प्रतिनिधि सहभागी हुन सक्नेछन । महाधिवेशनमा पर्यवेक्षक सम्बन्धि कुनै व्यवस्था गरिएको छैन ।

कार्यक्रम
चैत्र २५ गतेः झाँकी सहितको ¥याली उद्घाटन समारोह र साँस्कृतिक कार्यक्रम (झाँकी सहितको ¥यालीः विहान १०ः०० बजे)

चैत्र २५ र २६ गतेः बन्द सत्र र समापन समारोह

स्थानः म्याग्दी जिल्ला समन्वय समितिको सभाहल

बेनी बजार, म्याग्दी, नेपाल

 

सम्पर्कः

नेपाल छन्त्याल संघ, सातौ राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति

फोनः ०१–४०२७०१०÷४०२७०१३ इमेलः [email protected]

ऐतिहासिक तस्बीरहरू