नेपाल छन्त्याल संघ प्रदेश नं. ४ काे तदर्थ समिति गठन

प्रकाशित मिति: २१ आश्विन २०७५, आईतवार १५:०५
नेपाल छन्त्याल संघ प्रदेश नं. ४ काे तदर्थ समिति गठन

नेपाल छन्त्याल संघ प्रदेश नं ४ काे प्रादेशिक भेला खिमबहादुर झिंराजा छन्त्यालकाे अध्यक्षता र ने.छ.संघ केन्द्रीय अध्यक्ष मनमाेहन वुढाथाेकी छन्त्यालकाे प्रमुख अातिथ्यमा शनिबार सम्पन्न भएकाे छ । भेलाकाे उद्घाटन समाराेहकाे सञ्चालन बम बहादुर घरब्जा छन्त्यालले गर्नुभएकाे  थियाे । केन्द्रीय सदस्य प्रथम छन्त्यालले भेलाकाे बिषयमा प्रष्ट पार्दै स्वागत मन्तव्य दिनुभएकाे थियाे । प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मनमाेहन वुढाथाेकी छन्त्याल, ने.अा.ज.महासंघ उपाध्यक्ष गाेविन्द डाँडामारे छन्त्याल, उपाध्यक्ष पदम डाँडामारे, सचिव तारामिलन झिंराजा, भु.पु. उपाध्यक्ष बान बहादुर तथब्जा छन्त्यालले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

हरिचन डाँडामारे छन्त्याल संयाेजक, तारामिलन झिंराजा र बान बहादुर तथब्जा रहेकाे निर्वाचन समितिले  सहमतीय प्रणाली अनुसार प्रदेश नं. ४ काे तदर्थ समिति खिमबहादुर झिंराजाकाे संयाेजकत्वमा  गठन भएकाे हाे ।

१. संयाेजक– खिमबहादुर झिंराजा छन्त्याल

२. सह संयाेजक– अाेम घरब्जा छन्त्याल

३. महिला सह संयाेजक –

४. सह संयाेजक–

५. सचिव–थम प्रकाश तथब्जा छन्त्याल

६. सहसचिव– नर कुमारी घरब्जा छन्त्याल

७. काेषाध्यक्ष–डम्मर पुराने  छन्त्याल

८. सहकाेषाध्यक्ष–

९. सदस्य– सुरेन्द्र भलञ्जा छन्त्याल

१०. सदस्य– जग बहादुर घरब्जा छन्त्याल

११. सदस्य– खड्ग बहादुर घरब्जा छन्त्याल

१२. सदस्य– हमित घरब्जा छन्त्याल

१३. सदस्य– माया तथब्जा छन्त्याल

१४. सदस्य– जगमाया घ्याप्चन छन्त्याल

१५. सदस्य– जीवन घ्याप्चन छन्त्याल

ऐतिहासिक तस्बीरहरू