नेपाल छन्त्याल संंघ दुवर्इ छन्त्याल संघद्वारा वाडीपहिराे र अागलागि पिडितलाई रू. २०८,४५९|- राहत वितरण

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार १५:३२
नेपाल छन्त्याल संंघ दुवर्इ छन्त्याल संघद्वारा वाडीपहिराे र अागलागि पिडितलाई रू. २०८,४५९|- राहत वितरण

असाेज ७/बागलुङ, बुर्तिबाङ

नेपाल छन्त्याल संघले केन्द्रीय अध्यक्ष मनमाेहन वुढाथाेकी छन्त्याल  र उपाध्यक्ष पदम छन्त्यालकाे उपस्थितिमा वाडी पहिराे पिडित तथा अागलागी पिडित ७ घरपरिवारलाई घटनास्थलमा पुगी रू. २०८,४५९|- राहत वितरण गरेकाे छ । तत्काल राहत वितरणकाे लागि दुवर्इ छन्त्याल संघबाट रू.१०८,४५९। र नेपाल छन्त्याल संघ केन्द्रीय समितिबाट रू. १००,०००। अार्थिक संकलन भएकाे थियाे । जसमा पहिराे पिडित रेम बहादुर छन्त्यालले ८३,४५९।-, सवराज छन्त्यालले रू.२०,०००।- र अागलागि पिडित लिला छन्त्याल, कमल छन्त्याल, शशी छन्त्याल, शाेवी छन्त्याल, तारा छन्त्यालले प्रति परिवार रू.२१,०००।- का दरले अार्थिक सहयाेग पाएका थिए ।

ऐतिहासिक तस्बीरहरू