हिम (देवान) छन्त्यालबाट रू.५०,००६।– अार्थिक सहयाेग प्राप्त

प्रकाशित मिति: २७ चैत्र २०७३, आईतवार ०६:४०
हिम (देवान) छन्त्यालबाट रू.५०,००६।– अार्थिक सहयाेग प्राप्त

नेपाल छन्त्याल संघ केन्द्रीय समितिले अाफ्नै प्रयासबाट पनि जिल्ला गाउँमुखी कार्यक्रम सम्पन्न गरे पश्चात याे बर्षकाे कार्ययाेजना तयार गरी देश विदेशमा रहेका छन्त्याल संगठन र ब्यक्ति ब्यक्ति छन्त्यालहरूबाट अार्थिक सहयाेग जुटाउने पहल गरेकै भाेलिपल्ट अाजकाे दिनमा म्याग्दी जिल्लाकाे मल्कबाङ्ग घर भइ हाल मलेशियामा कार्यरत हिम(देवान) छन्त्यालले नेपाल छन्त्याल संघलार्इ रू.५०,००६।– अक्षरूपी पचासहजार छ रूपैया प्रदान गर्नुभएकाे छ । हामीले तय गरेकाे कार्यक्रममा पहिलाे अार्थिक सहयाेगीकाे रूपमा वहाँलाइ धेरै धेरै धन्यवाद दिंदै अाभार प्रकट गर्दछाैं जसले हामीलाइ थप काम गर्ने उर्जा थपिएकाे महशुष भएकाे छ । यहाँहरूकाे यस्तै हातेमालाे हुन सकेमा १० बर्षमा गर्ने काम हामी ३ बर्षमै सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छाै । यसमा हामीलार्इ अन्य सहयाेगीहरूकाे पनि विचार प्राप्त भर्इ सकेकाे छ र वहाँहरूकाे रकम प्राप्त भएपछि यसै संस्थाकाे मिडिया मार्फत जानकारी गराउने छाैं ।
नेपाल छन्त्याल संघ

ऐतिहासिक तस्बीरहरू