नेपाल छन्त्याल संघ केन्द्रीय समितिबाट अायाेजित प्रशिक्षण कार्यक्रम दाङमा सम्पन्न

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार १८:४७
नेपाल छन्त्याल संघ केन्द्रीय समितिबाट अायाेजित प्रशिक्षण कार्यक्रम दाङमा सम्पन्न

नेपाल छन्त्याल जिल्ला समिति दाङकाे भवनमा नेपाल छन्त्याल संघ केन्द्रीय समितिद्वारा अायाेजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । जसकाे अाैपचारिक रूपमा संचालन भइ दुइ भागमा प्रशिक्षण दिइएकाे थियाे । अादिवासी जनजाति महासंघका उपाध्यक्ष तथा नेपाल छन्तयाल संघका सल्लाहकार गाेविन्द डाँडामारेले अादिवासी जनजातिकाे हक अधिकार, राज्यले संविधान मार्फत गरेकाे व्यवस्था, छन्त्याल स्वायत्त क्षेत्रकाे विषयमा प्रशिक्षण दिनुभएकाे थियाे । नेपाल छन्त्याल संघ केन्द्रीय महासचिव बलमान घरब्जा छन्त्यालले संस्थागत संरचना, संस्थागत विकास र संस्थाले गर्नुपर्ने काम कर्तब्यकाे बिषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।

ऐतिहासिक तस्बीरहरू