मानव साङ्लो कार्यक्रममा सहभागिता जनाएकाेमा सबैलार्इ धन्यवाद

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार ०९:१९
मानव साङ्लो कार्यक्रममा सहभागिता जनाएकाेमा सबैलार्इ धन्यवाद

नेपाल सरकारद्धारा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजीको विषय, विधेयक परिमार्जनसहित संविधान संशोधन, आदिवासी जनजातिहरूको संरक्षित, विशेष र स्वायत्त क्षेत्रहरूको निर्धारण एवं गाँउपालिका तथा नगरपालिका सिमा निर्धारण गरिँदा आदिवासी जनजातिहरूको सघनतालाई टुक्राइएको तथा नामाङ्कनमा आदिवासी जनजातिहरूको पहिचानलाई समेत मेटाइएको, आदिवासी जनजाति आन्दोलनसँग गरिएका सम्झौताहरू क्रियान्वन र आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि नेपाल आदिवासी जनजाति महासंघ र यसका घटक तथा सम्बन्धन संस्थाहरूले २०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गते सम्मको पहिलो चरणको आन्दोलन घोषणा गरेको थियाे ।

पहिलो चरणको आन्दोलन अन्तर्गत अाज २०७३ चैत्र १२ गते शनिवार काठमाडौंमा माइतीघर मण्डलामा  अादिबासी जनजाति महासंघ द्वारा अायाेजित मानव साङ्लो कार्यक्रममा नेपाल छन्त्याल संघ तथा सम्बद्ध संस्थाबाट बृहत सहभागीता सहित उपस्थिति जनाइयाे । जसकाे लागि नेपाल छन्त्याल संघका पदाधिकारी र सदस्यहरू, महिला संघ, युवा संघ, विद्धार्थी संघ, जिल्ला समिति, ३ वटै प्रा.स. का पदाधिकारी तथा सदस्यहरूलार्इ कार्यक्रममा सहभागी जनाएकाेमा धन्यवाद ज्ञापन गर्दछाैं ।
मनमाेहन बुढाथाेकी छन्त्याल                                                                                 बलमान घरब्जा छन्त्याल
अध्यक्ष                                                                                                                    महासचिव

ऐतिहासिक तस्बीरहरू