बृहत धर्ना कार्यक्रम तथा कोण सभा माइतीघर मण्डला

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार ०८:३३
बृहत धर्ना कार्यक्रम तथा कोण सभा माइतीघर मण्डला

नेपाल सरकारद्धारा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजीको विषय, विधेयक परिमार्जनसहित संविधान संशोधन, आदिवासी जनजातिहरूको संरक्षित, विशेष र स्वायत्त क्षेत्रहरूको निर्धारण एवं गाँउपालिका तथा नगरपालिका सिमा निर्धारण गरिँदा आदिवासी जनजातिहरूको सघनतालाई टुक्राइएको तथा नामाङ्कनमा आदिवासी जनजातिहरूको पहिचानलाई समेत मेटाइएको, आदिवासी जनजाति आन्दोलनसँग गरिएका सम्झौताहरू क्रियान्वन र आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि नेपाल आदिवासी जनजाति महासंघ र यसका घटक तथा सम्बन्धन संस्थाहरूले २०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गते सम्मको पहिलो चरणको आन्दोलन घोषणा गरेको थियाे । पहिलो चरणको आन्दोलनअन्तर्गत आगामी २६ गते काठमाडौंको माइतीघर मण्डला, जिल्ला प्रशासन कार्यालय, नगर, गाविसका कार्यालय परिसर र विदेशमा दुतावास अगाडि बृहत धर्ना र कोण सभा कार्यक्रम रहेकोमा  नेपाल छन्त्याल संघबाट बृहत झाँकी र्याली, पहिचान र अधिकारसँग सम्बन्धित प्लेकार्ड, ब्यानरसहित सक्रिय सहभागिता जनाएकाे थियाे ।

ऐतिहासिक तस्बीरहरू